राप्रपाबाट ७ जना समानुपातिक सांसदको सूचीमा

हिमाल प्रेस २४ मंसिर २०७९ २१:४५ | Saturday, December 10, 2022
राप्रपाबाट ७ जना समानुपातिक सांसदको सूचीमा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक सांसदहरूको नाम टुंगो लगाएको छ। शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ७ जना समानुपातिक सांसदहरूको नाम टुंगो लगाएको हो। २ पुरुष र ५ महिला गरी ७ जनाको नाम निर्वाचन आयोगमा पठाएको पार्टीले जनाएको छ।

समानुपातिकमा २ जना मात्र पुरुष समानुपातिक सांसद राख्न पाउने भएपछि उपाध्यक्ष बुद्धिमान तामाङको नाम सूचीमा परेको छ। यस्तै वरिष्ठ नेता पशुपतिशमशेर राणा छनोट हुँदा अर्का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी सांसदको सूचीमा परेनन्। निर्वाचनअघि आयोगमा बुझाएको बन्दसूचीमा राणा खस आर्यको पहिलो नम्बरमा र लोहनी दोस्रो नम्बरमा थिए।

खस आर्यमा राणासहित रोशन कार्की र गीता बस्नेतको नाम टुंगो लागेको छ। आदिवासी जनजातिबाट तामाङसहित बिना लामा, मधेसीबाट विना जयसवाल तथा दलितबाट अनिसा नेपाली चयन भएको बताइएको छ। राप्रपाले समानुपातिक सांसदहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

प्रकाशित: २४ मंसिर २०७९ २१:४५ | Saturday, December 10, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast