राजनीतिक नेतृत्व आयुका आधारमा हुँदैन : महत

हिमाल प्रेस ५ पुष २०७९ १६:०८ | Tuesday, December 20, 2022
राजनीतिक नेतृत्व आयुका आधारमा हुँदैन : महत

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राजनीतिक नेतृत्व आवश्यकताका आधारमा हुने बताएका छन्। मंगलबार कांग्रेस संसदीय दलको उम्मेदवारी दर्ता कार्यक्रममा पुगेका उनले पत्रकारहरूसँग कुरा गर्दै नेतृत्व आयुको आधारमा नहुने बताएका हुन्।

‘राजनीतिको नेतृत्व आवश्यकताअनुसार हुन्छ, आयुको आधारमा हुँदैन। कुनै बेला प्रौढ आउँछ कुनै बेला युवा,’ उनले भने, ‘आफ्नो इच्छा व्यक्त गर्न पाइन्छ। त्यसैअनुसार गगन थापाको उम्मेदवारी भयो भन्ने लाग्छ।’

उनले अहिले परिपक्व नेतृत्व चाहिएको पनि दाबी गरे। ‘बाहिरका दल र पार्टी जोड्ने देउवा नै एक व्यक्ति हो। सबैको मर्यादा राख्ने सबैको भूमिका देख्ने नेतृत्व खाँचो छ,’ उनले भने, ‘सभापति शेरबहादुर देउवा कसैको आलोचना नगर्ने, काम गर्ने मान्छे हो।’

कांग्रेसको एकल बहुमत नभएकाले पनि सबै दललाई मिलाउन देउवा नै संसदीय दलको नेता उपयुक्त भएको बताए।

प्रकाशित: ५ पुष २०७९ १६:०८ | Tuesday, December 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast