रवि लामिछाने बने संसदीय दलको नेता

हिमाल प्रेस ४ पुष २०७९ १०:२८ | Monday, December 19, 2022
रवि लामिछाने बने संसदीय दलको नेता फाइल तस्बिर।

काठमाडौँ- रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा चयन भएका छन्। पार्टीका सभापति समेत रहेका लामिछानेलाई सोमबारको बैठकले दलको नेता चयन गरेको हो।

बैठकले उनलाई सर्वसम्मत चयन गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

दलको उपनेता, प्रमुख सचेतक र सचेतक टुंगो लगाउन बाँकी रहेको उनले बताए। आजै (सोमबार) केन्द्रीय कमिटी बैठक पनि बस्दै छ।

सो बैठकमा अन्य पद र सरकारमा जाने नजाने भन्ने विषयमा छलफल हुने बताइएको छ।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको २० जना सांसद छन्।

प्रकाशित: ४ पुष २०७९ १०:२८ | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast