रवि लामिछानेले सांसदको शपथ लिने बाटो खुल्यो, सर्वोच्चले दिएन अन्तरिम आदेश

हिमाल प्रेस ६ पुष २०७९ १४:४३ | Wednesday, December 21, 2022
रवि लामिछानेले सांसदको शपथ लिने बाटो खुल्यो, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदको रुपमा शपथ ग्रहण गर्ने बाटो खुला भएको छ। उनको नागरिकता तथा योग्यताको विषयमा प्रश्न उठाउँदै परेको रिटमाथि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेसँगै उनले शपथ ग्रहण गर्ने बाटो खुला भएको हो।

सर्वोच्च अदालतमा लामिछानेको शपथ ग्रहण रोक्न माग गर्दै मंसिर २८ गते रिट परेको थियो। इजलासबाट शपथ रोक्नका लागि अन्तरिम आदेश जारी भएन। योसँगै उनले सांसदको शपथ लिन पाउने भएका छन्।

आज बुधबार संवैधनिक इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि विपक्षी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, लामिछाने, काठमाडौं जिल्ला प्रशासन कार्यालय र संघीय संसद् प्रतिनिधिसभाविरुद्ध कारण देखाऊ आदेश जारी भएको हो।

चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको थियो।

प्रकाशित: ६ पुष २०७९ १४:४३ | Wednesday, December 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast