रवि लामिछानेले भने : उपप्रधानसहित गृहमन्त्रीमा मेरो दाबी हो

हिमाल प्रेस ११ पुष २०७९ १४:३८ | Monday, December 26, 2022
रवि लामिछानेले भने : उपप्रधानसहित गृहमन्त्रीमा मेरो दाबी हो फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानले आफूले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा दाबी गरेको बताएका छन्। सत्ता गठबन्धनको छलफलमा सहभागी भएर निस्कने क्रममा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन्।

उनले भने, ‘गृहमा मेरो दाबी हो। अरू बाँकी निर्णय प्रधानमन्त्रीले गर्नुहुन्छ। यो अधिकार प्रधानमन्त्रीलाई छ।’

लामिछानले सरकारमा शर्तसहित जाने निर्णय भएको पनि बताए। शर्त केके हुन् भन्ने प्रश्नमा उनले भने, ‘भ्रष्टाचारका विषयमा निर्मम हुने, छानबिन गर्न अधिकार सम्पन्न आयोग बनाउने, शिक्षा र स्वास्थ्यमा एक मत, विदेशमा रहेका नेपालीको मताधिकारको सुनिश्चिततामात्रै होइन विदेशमा अलपत्र हुँदा सरकारले उद्धार गर्ने, व्यवसायीको जनताको समस्या समाधानमा ध्यान दिनेलगायतका कुरामा साझा मत बनेको छ।’

प्रकाशित: ११ पुष २०७९ १४:३८ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast