रमेश विकल स्मृति दिवसमा सम्मान तथा विमोचन कार्यक्रम सम्पन्‍न

हिमाल प्रेस २ पुष २०७९ १७:३३ | Saturday, December 17, 2022
रमेश विकल स्मृति दिवसमा सम्मान तथा विमोचन कार्यक्रम सम्पन्‍न

काठमाडौँ– रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्षको रमेश विकल वांमय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई प्रदान गरेको छ। १४ औं विकल स्मृति दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित समारोहमा नगद ५० हजार रुपैयाँ राशिको उक्त पुस्कार ग्वंगलाई प्रदान गरिएको हो।

यस्तै २० हजार रुपैयाँ राशिको रमेश विकल सुशीला समाजसेवी पुरस्कार पशुपति क्षेत्रमा लावारिस शवहरूको नि:शुल्क सद्‍गति गरी समाजसेवा गर्दै आएकी सपना रोका मगरलाई प्रदान गरिएको छ। रमेश विकल सृजना पुरस्कार वरिष्ठ समालोचक रमेश गोर्खालीलाई र रमेश विकल बाल साहित्य पुरस्कार बाल साहित्कार लक्ष्मी उप्रेतीलाई प्रदान गरिएको छ।

यस्तै रमेश विकल संघर्षशील नारी सम्मान माओवादी केन्द्र झापाकी नेतृ धर्मशीला चापागाईंलाई प्रदान गरिएको छ। रमेश विकल कला-संगीत पुरस्कार वरिष्ठ कलाकार तथा निर्देशक बद्री अधिकारीलाई प्रदान गरिएको छ। यी पुरस्कारको राशि नगद १० हजार रुपैयाँ रहेको प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए।

प्रतिनिधिसभा सदस्य सन्तोष चालिसले उद्घाटन गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, प्रदेश सांसद छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाललगायतले स्रष्टाहरूलाई पुरस्कार प्रदान गरेका हुन्।

सोही अवसरमा रमेश विकलका प्रतिनिधि कथाहरू र विकलका चार पुस्ताका कथाहरूको लोर्कापण गरियो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठ, साहित्यकारहरू प्रा.डा. हेमनाथ पौडेल, प्राध्यापक जगत उपाध्याय, आलोक चालिसे, महेन्द्र चालिसे, वसन्त रिजाललगायतले नेपाली साहित्यमा विकलको योगदानको चर्चा गर्दै प्रतिष्ठानका गतिविधिबारे जानकारी गराए।

मध्यमवर्गीय नेपाली समाजका विविध आयाम चित्रण गर्दै विशेषत आख्यान विधामा कलम चलाएका विकलको ०६५ साल पुस २ गते निधन भएको थियो।

प्रकाशित: २ पुष २०७९ १७:३३ | Saturday, December 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast