काठमाडौँ- फिल्म ‘ह्यारी की प्यारी’को मोसन पोस्टर सार्वजनिक भएको छ।
मोसन पोस्टरमा डलर कमाउन दौडिरहेका ह्यारी अर्थात् कलाकार जितु नेपाललाई देख्न सकिन्छ। उनलाई पछ्याइरहेकी छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह।
फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रञ्जन भट्टराई, सरला रिजाललगायत कलाकारको अभिनय रहेको छ।
कपिल रिजालको लेखन तथा निर्देशनमा बनेको फिल्म माघ २० मा प्रदर्शनमा आउनेछ।
                            प्रकाशित: १२ पुष  २०७९ १६:३८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 