 
                             
                                            काठमाडौँ- महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा महाअभियोग निष्प्रभावी भएको पत्र पाएसँगै आज बुधबार सर्वोच्च अदालत जाने तयारीमा छन्।
आफूविरूद्ध महाअभियोग दर्ता भएको संसद्को कार्यकाल सकिएपछि प्रस्ताव निष्प्रभावी भएकोले आफूलाई सर्वोच्च जाने बाटो खुला गरिदिन भन्दै चोलेन्द्रले मंगलबार निवेदन दिएसँगै संसद् सचिवालयले बुधबार निष्प्रभावी भएको पत्र लेखेको हो।
संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले राष्ट्रपतिको कार्यालय शीतल निवास, प्रधानमन्त्री तथा मन्त्रिपरिष कार्यालय सिंहदरबार, सर्वोच्च अदालत रामशाहपथ र जबरालाई जानकारी हुने गरी पत्र लेखेका छन्।
पत्रमा यस्तो लेखिएको छ :
चोलेन्द्र शमशेर जबराले मिति २०७९/०८/२० मा तत्कालीन प्रतिनिधिसभामा पेस भएको महाअभियोग सो प्रतिनिधिसभाको कार्यकार समाप्त भइसकेको हुँदा निष्प्रभावी भएकोले प्रधानन्यायाधीशको नियमित कार्यसम्पादन गर्नका लागि सम्बन्धित निकायहरूलाई जानकारी गराइदिनुहुन भन्ने व्यहोराको निवेदन यससचिवालयमा दिनुभएको विनम्र अनुरोध गर्दछु। निवेदनको सम्बन्धमा मिति २०७८ फागुन १ गते नेपालको संविधान धारा १०१ (२) बमोजिम यहाँविरुद्ध तत्कालीन प्रतिनिधिसभामा दर्ता भएको महाअभियोग प्रस्ताव र तत्पश्चात् संघीय संसद्ओको महासचिवबाट संविधानको धारा १०१ (६) बमोजिम कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्रमाथि उल्लेखित निकायमा जानकारी गराइएको थियो। सो महाअभियोगको प्रस्ताव तत्कालीन प्रतिनिधिसभा पेस प्रारम्भिक छलफल र महाअभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मंसिरमा नयाँ प्रतिनिधिसभा निर्वाचन सम्पन्न भइसकेकोले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कार्यसम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्रसमेत निष्प्रभावी भएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु। प्रधानन्यायाधीशको नियमित कार्यसम्पादन गर्नका लागि उहाँले दिनुभएको निवेदनको छायाप्रति यसैसाथ संलग्न रहेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 