म्याग्दीको पोखरेबगरमा ग्लोबल आइएमईको एक्सटेन्सन काउन्टर

हिमाल प्रेस ७ पुष २०७९ १४:५७ | Thursday, December 22, 2022
म्याग्दीको पोखरेबगरमा ग्लोबल आइएमईको एक्सटेन्सन काउन्टर

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। योसँगै बैंकका एक्सटेन्सन काउन्टरको संख्या ५२ वटा पुगेका छन्। ग्लोबल आइएमई बैंक बेनी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालन गरिएको बैंकले जनाएको छ।

एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ, रेमिट्यान्सलगायतको सुविधा प्रवाह हुनेछ। ग्लोबल आइएमई ७७ जिल्लामा शाखा बिस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका २९२ शाखा र २७१ एटीएम छन्।

प्रकाशित: ७ पुष २०७९ १४:५७ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast