मोरङबाट अवैध काठ बरामद

हिमाल प्रेस १६ पुष २०७९ ८:०० | Saturday, December 31, 2022
मोरङबाट अवैध काठ बरामद

विराटनगर-​ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ बाट सालको काठ बरामद भएको छ।

को १ ख ३११९ नम्बरको मिनी ट्रक र प्रदेश ०१–०४–००१ त ०४९६ नम्बरको ट्रयाक्टरमा कागज पत्रविनाको सालको नयाँ तथा पुरानो गरी करिब ५१ हजार ५०० मूल्य बराबरको काठ बरामद भएको मोरङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ७६ क्युफिट काठ ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय मधुमल्लामा बुझाइएको छ।

प्रकाशित: १६ पुष २०७९ ८:०० | Saturday, December 31, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast