मुलुकलाई सही बाटोमा ल्याउन एमालेले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ : ओली

हिमाल प्रेस २४ मंसिर २०७९ १९:५२ | Saturday, December 10, 2022
मुलुकलाई सही बाटोमा ल्याउन एमालेले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ : ओली फाइल तस्बिर।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचन परिणामबाट मुलुक अस्थिरतातर्फ जाने अवस्था देखिएको बताएका छन्। शनिबार ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा उनले यस्तो बताएका हुन्।

‘निर्वाचन परिणामबाट मुलुक अस्थिरतातर्फ जाने अवस्था देखिएको छ। क्षयीकरण भइरहेको सामाजिक मूल्य मान्यता र आर्थिक संकटतर्फ धकेलिएको मुलुकलाई सही बाटोमा ल्याउन हाम्रो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने भएको छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने।

बैठकमा ओलीले निर्वाचन परिणामबारे चर्चा गर्दै पार्टीको आगामी कार्यभारका विषयमा धारणा प्रस्तुत गरेका छन्। चौतर्फी घेराबन्दीबीच प्रदेश र प्रतिनिधिसभा सदस्यमा निर्वाचित पार्टीका निर्वाचित सबै उम्मेदवारहरूलाई बैठकले बधाई ज्ञापन गरेको छ।

एमालेलाई समानुपातिकतर्फ सर्वाधिक मत दिई देशको लोकप्रिय पहिलो पार्टी र प्रत्यक्षतर्फका एमाले उम्मेदवारलाई विजयी बनाउने मतदाताप्रति बैठकले धन्यवाद ज्ञापन गरेको छ।

प्रकाशित: २४ मंसिर २०७९ १९:५२ | Saturday, December 10, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast