मिटरब्याजीको प्रमाण संकलन गर्दै चितवन प्रहरी

हिमाल प्रेस २६ मंसिर २०७९ १९:२४ | Monday, December 12, 2022
मिटरब्याजीको प्रमाण संकलन गर्दै चितवन प्रहरी

भरतपुर– चितवन प्रहरी मिटरब्याजीहरूको प्रमाण संकलनमा जुटेको छ। जिल्ला प्रशासनमा परेका उजुरीका आधारमा प्रहरीले ठगहरूको खोजी गरेको हो। मिटर ब्याजीले रकम दिएको र ऋणीले लिएको प्रमाण खोज्ने काम भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) विजयराज पण्डितले बताए।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट सहमति हुन नसकेर १३ उजुरी कारबाहीका लागि प्रहरी कार्यालय आएको छ। ती उजुरीमाथि आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए। केही उजुरीका विषयमा सरकारी वकिल कार्यालयसँग राय माग्ने काम भइरहेको उनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्म २३ उजुरी परेका थिए। तीमध्ये एउटा उजुरीको सहमति भएको छ भने दुई उजुरी छालफलका क्रममा रहेका छन्। अन्य सात उजुरीको विपक्षी उपस्थित नभएकाले छलफल बाँकी रहेको कार्यालयका नायव सुब्बा विशाल श्रेष्ठले बताए।

सरकारले मिटर ब्याज पीडितलाई गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्मका लागि निवेदन दिन सूचित गरेको थियो।

प्रकाशित: २६ मंसिर २०७९ १९:२४ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast