माओवादी नेता वर्षमान आज स्वदेश फर्कंदै

हिमाल प्रेस ५ पुष २०७९ ८:०२ | Tuesday, December 20, 2022
माओवादी नेता वर्षमान आज स्वदेश फर्कंदै

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ आज स्वदेश फर्कंदै छन्। चीनमा उपचाररत पुनको स्वास्थ्यमा सुधार भएपछि चाइना साउथर्न एयरलाइन्सबाट गोन्झाओ हुँदै मंगलबार दिउँसो नेपाल आउन लागेका छन्।

वंशाणुगत जण्डिशबाट पीडित पुनलाई रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए।

उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हो । पुन पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले उनको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको जानकारी दिइन्।

 

प्रकाशित: ५ पुष २०७९ ८:०२ | Tuesday, December 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast