माओवादी केन्द्रको पदाधिकारी बैठकमा नयाँ सरकारबारे छलफल हुने

हिमाल प्रेस ३ पुष २०७९ ८:५१ | Sunday, December 18, 2022
माओवादी केन्द्रको पदाधिकारी बैठकमा नयाँ सरकारबारे छलफल हुने

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले आज (आइतबार) पदाधिकारी बैठक बोलाएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्ने बैठकमा नयाँ सरकार गठन, दलको नेतालगायत विषयमा छलफल हुनेछ।

माओवादी केन्द्रको दलको नेता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुने निश्चितजस्तै छ। तर, प्रधानमन्त्रीमा भने सत्ता गठबन्धनका दलबीच सहमति हुन सकेको छैन।

प्रधानमन्त्रीमा ‘प्रचण्ड’ले दाबी गरिरहेका छन्। यता कांग्रेस सभापति शेरबहादुर देउवाको पनि प्रधानमन्त्रीमा दाबी छ।

विशेष गरी माओवादी र कांग्रेसबीच सरकारको नेतृत्व कसले गर्ने भन्नेमा सहमति जुट्न सकेको छैन।

प्रकाशित: ३ पुष २०७९ ८:५१ | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast