माओवादी कर्णाली संसदीय दलको नेतामा शर्मा चयन

हिमाल प्रेस १३ पुष २०७९ १७:४२ | Wednesday, December 28, 2022
माओवादी कर्णाली संसदीय दलको नेतामा शर्मा चयन

सुर्खेत– नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा चयन भएका छन्। मंगलबार बसेको प्रदेश कमिटी बैठकले शर्मालाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो। शर्मा रुकुमपश्चिम प्रदेशसभा (२)बाट निर्वाचित संसद हुन्।

यसअघि माओवादीबाट दलको नेतामा दुई जनाको नाम चर्चामा रहेको थियो। जसमा शर्मासँगै सुर्खेत निर्वाचन क्षेत्र नम्बर-२ प्रदेशसभा (२) बाट निर्वाचित संसद विन्दमान विष्ट पनि दलको नेताको रूपमा चर्चामा रहेका थिए।

शुक्रबारमात्रै अन्य दुई सांसदले पनि दलको नेतामा दाबी गरेका थिए। ती दाबी गर्नेमा कालिकोटका दुर्गबहादुर रावत र सुर्खेतका कृष्ण जिसी रहेका थिए। अन्तिममा तीनैजनाले नाम दर्ता नगराउँदा शर्मा सर्वसम्मत रूपमा दलको नेतामा चयन भएका हुन्।

०४१ सालमा अनेरास्ववियूको राजनीति प्रवेश गरेका शर्मा जनयुद्धताका साविक कर्णालीका थुप्रै जिल्लाको नेतृत्व सम्हालेका थिए। उनी पहिलो पटक संसदमा प्रवेश गरेका हुन्। शर्मा यसअघि माओवादी केन्द्रको प्रदेश अध्यक्ष थिए।

शर्मा ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख थिए। भने पार्टीको जिल्ला इञ्चार्ज हुँदै प्रदेश अध्यक्ष थिए। साथै, शर्मा नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्यसमेत हुन्।

प्रकाशित: १३ पुष २०७९ १७:४२ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast