माओवादीले शपथपछि मात्रै संसदीय दलको नेता चुन्ने

हिमाल प्रेस ५ पुष २०७९ १२:५९ | Tuesday, December 20, 2022
माओवादीले शपथपछि मात्रै संसदीय दलको नेता चुन्ने

काठमाडौँ- नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ।

नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवं माओवादीका युवा नेता माधव सापकोटाले जानकारी दिए।

शपथपछि संसदीय दलको बैठक बस्ने उनको भनाइ छ। माओवादीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुने उनको दाबी छ। ‘दलको नेतालाई लिएर हाम्रो पार्टीमा विवाद छैन, शपथ मात्र कुरिएको हो,’ उनले भने, ‘संसदीय दलको नेता प्रचण्ड नै हो ।’

संघीय संसद् सचिवालयले पुस ७ गते प्रतिनिधिसभाका सदस्यलाई शपथ ग्रहण गराउने तयारी गरेको छ। प्रतिनिधिसभामा माओवादीको १८ प्रत्यक्ष र १४ समानुपातिक गरी कुल ३२ सांसद् छन्।

केही दिनअघि बसेको माओवादीको केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउँदा सही हुने निष्कर्ष निकालेको थियो।

प्रकाशित: ५ पुष २०७९ १२:५९ | Tuesday, December 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast