महान्यायाधिवक्तामा नियुक्त दिनमणि पोखरेलले लिए शपथ

हिमाल प्रेस १४ पुष २०७९ १३:०६ | Thursday, December 29, 2022
महान्यायाधिवक्तामा नियुक्त दिनमणि पोखरेलले लिए शपथ

काठमाडौँ- महान्यायाधिवक्तामा नियुक्त भएका दिनमणि पोखरेलले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई कायममुकायम हरिकृष्ण कार्कीले शपथ गराएका हुन्।

शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत उपस्थित थिए।

महान्यायाधिवक्ता डा‍. पोखरेलको जन्म २०३० चैत २९ गते झिमरुक गाउँपालिका-४ प्युठानमा भएको थियो। उनी २५ वर्षदेखि निरन्तर कानुन व्यवसायमा संलग्न छन्। उनले सन् २०१६ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा विद्यावारिधि  गरेका हुन्।

महान्यायाधिवक्ताले सन् १९९९ मा दिल्ली विश्वविद्यालयबाट तुलनात्मक कानुनमा स्नातकोत्तर र द हेग नेदरल्याण्ड्सबाट २००७ मा सामाजिक अध्ययन संस्थानबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्र र विकासमा स्नातकोत्तर गरेका छन्। उनले वातावरणीय कानुनमा स्नातक गरेका छन्।

कानुनी अभ्यास र परामर्शका अतिरिक्त डा. पोखरेलले कानुनी अनुसन्धान, कानुनी मस्यौदा र तालिममा संलग्न छन्। उनले संविधानसभाको प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँट समितिमा कानुनविद्का रूपमा काम गरेका थिए।

डा. पोखरेलले व्यवस्थापिका-संसद्को पूर्वसभामुख ओनसरी घर्तीको कानुनी सल्लाहकारको रुपमा काम गरेका थिए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा कानुनी परामर्श सेवा प्रदान गर्दै आएका छन्।

राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा कानुनको फरक क्षेत्रमा लेखहरू प्रकाशित गर्दै आएका पोखरेल जलस्रोत, वातावरण, जलविद्युत्, वाणिज्य कानुन, राजनीतिक अर्थव्यवस्था तथा विकासका केन्द्रित रही काम गरेका छन्।

प्रकाशित: १४ पुष २०७९ १३:०६ | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast