नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री लामिछाने सोमबार गृह मन्त्रालयस्थित कार्यकक्षमा पदभार ग्रहण गर्दै। तस्बिर- रासस
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार (आज) साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो।
यसअघि सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइँदै आएकोमा अहिले भने सञ्चार क्षेत्रको पृष्ठभूमि भएका गृहमन्त्री लामिछानेलाई यो जिम्मेवारी दिइएको हो।
प्रकाशित: ११ पुष २०७९ २०:३८
प्रतिक्रिया



