मधेश प्रदेश प्रमुख कार्यालयमा आयोजित सम्मेलन पत्रकारद्वारा बहिष्कार

हिमाल प्रेस २ पुष २०७९ १५:२८ | Saturday, December 17, 2022
मधेश प्रदेश प्रमुख कार्यालयमा आयोजित सम्मेलन पत्रकारद्वारा बहिष्कार पत्रकार सम्मेलन वहिष्कार गर्दै पत्रकारहरू। तस्बिर- नेहा झा/हिमाल प्रेस

जनकपुरधाम– मधेश प्रदेश प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाउनने कार्यक्रममा सरकारी सञ्चारमाध्यमलाई मात्र प्रवेश दिइएपछि निजी सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूले उक्त कार्यक्रम बहिष्कार गरेका छन्।

शनिबार निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले प्रदेश प्रमुख हरिशंकर मिश्रको निजी सचिवालयमा पुगेर मधेस प्रदेशको निर्वाचन प्रतिवेदन बुझाउने कार्यक्रममा सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई मात्र प्रवेश दिइएपछि उनीहरूले कार्यक्रम बहिष्कार गरेका हुन्।

यस प्रकारको कार्यक्रममा सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश दिइनु आयोगको कमजोरी रहेको पत्रकारहरूको भनाइ छ। मंसिर ४ मा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन आयोगले शनिबार प्रदेश प्रमुखलाई बुझाएको हो।

प्रदेश प्रमुख कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आयोगका आयुक्त जबरालगायत। तस्बिर- हिमाल प्रेस
प्रकाशित: २ पुष २०७९ १५:२८ | Saturday, December 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast