मधेश प्रदेशमा सभामुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता

हिमाल प्रेस १६ पुष २०७९ २०:१८ | Saturday, December 31, 2022
मधेश प्रदेशमा सभामुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता

जनकपुरधाम– मधेश प्रदेशमा सभामुख चयन गर्न यही ३० गते मनोनयन दर्ता हुने भएको छ। नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले शपथ ग्रहण गरेसँगै शनिबार बसेको सर्वदलीय बैठकमा यस्तो सहमति जुटेको हो।

बैठकमा सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने र माघ २ गते उम्मेदवारीको प्रस्तावलाई प्रदेशसभामा निर्णयार्थ पेस गर्ने निर्णय गरिएको प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले जानकारी दिए।

प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस १८ गतेका लागि प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेपछि कार्यसूचीबारे पनि बैठकमा छलफल भएको उनले बताए। बैठकमा प्रदेशसभामा प्रतिनधित्व गर्ने दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने सांसदहरूको नामावली सफारिस गरिएको छ।

प्रदेशसभा सदस्यहरूले शपथ ग्रहण गरेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्ने संवैधानिक व्यवस्था छ। मधेश प्रदेशसभाले नयाँ सभामुख नपाएसम्म सप्तरी ४ (क) बाट निर्वाचित ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले प्रदेशसभाको अध्यक्षता गर्ने छन्।

प्रकाशित: १६ पुष २०७९ २०:१८ | Saturday, December 31, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast