मधेश प्रदेशसभा सांसदलाई ज्येष्ठ सदस्य न्यौपानेले शपथ गराउने

हिमाल प्रेस १३ पुष २०७९ १८:०० | Wednesday, December 28, 2022
मधेश प्रदेशसभा सांसदलाई ज्येष्ठ सदस्य न्यौपानेले शपथ गराउने ज्येष्ठ सदस्य न्यौपाने।

जनकपुरधाम– मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले बिहीबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउन लागेका हुन्। आफूले शपथ लिएपछि न्यौपानेले ज्येष्ठ सदस्यका हैसियतले प्रदेशसभाको अध्यक्षता गर्नेछन्।

संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले उनले प्रदेशसभाको अध्यक्षता गर्ने भएका हुन्। नेकपा एकीकृत समाजवादीबाट सप्तरी ४ (क) मा प्रदेश सांसद निर्वाचित उनले प्रदेशका १ सय ६ जना सांसदलाई शपथ ग्रहण गराउने भएका हुन्।

प्रकाशित: १३ पुष २०७९ १८:०० | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast