काठमाडौँ- मधेश प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्।
प्रदेशसभा सचिवालयमा दिउँसो २ शपथ ग्रहण हुने सचिवालय सचिव रञ्जितकुमार यादवले जानकारी दिए। प्रदेशसभामा रहेका १ सय ७ सदस्यमध्ये ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले हिजो नै शपथ लिएका थिए। उनले आज बाँकी १ सय ६ जना प्रदेशसभा सदस्यलाई शपथ गराउनेछन्।
मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यले विभिन्न आठ भाषामा शपथ ग्रहण गर्ने तय भएको प्रदेशसभा सचिवालयका सचिव यादवले बताए।
                            प्रकाशित: १५ पुष  २०७९ ८:५४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    


