मधेशमा सुरु भयो कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया

हिमाल प्रेस ८ पुष २०७९ ११:२१ | Friday, December 23, 2022
मधेशमा सुरु भयो कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया

जनकपुर- नेपाली कांग्रेसले मधेश प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ।

संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेश प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।

कांग्रेस प्रदेश समितिको जनकपुरधाममा बसेको बैठकले उपसभापति यादवको संयोजकत्वमा प्रदेश समितिका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ र सहमहामन्त्री बिन्दुकुमारी यादव सदस्य रहने गरी तीन सदस्य निर्वाचन समिति गठन गर्ने निर्णय भएको कांग्रेसका मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए।

कांग्रेसको विधान नियमावली र प्रदेश संसदीय दलको विधानको धारा ५ को ३ अनुसार निर्वाचन समिति गठन गरिएको हो। निर्वाचन समितिले केही दिनभित्रै सर्वसम्मतिबाट दलको नेता चयन पहल थालिने र नभए अन्तमा निर्वाचन प्रक्रिया अपनाउने गुप्ताले बताए। कांग्रेसमा संसदीय दलका नेताका लागि कांग्रेस मधेश प्रदेश समिति सभापति कृष्णकुमार यादव, रामसरोज यादव, वीरेन्द्र सिंह र जनार्दन क्षेत्री आकांक्षी छन्।

यस्तै बैठकले मधेश प्रदेश सरकार गठनका लागि पार्टीको केन्द्रीय नेतृत्व र अन्य दलहरूसँग समन्वय गर्न प्रदेश सभापति यादवलाई जिम्मेवारी दिने निर्णय गरेको प्रचारप्रसार प्रमुख गुप्ताले बताए।

प्रकाशित: ८ पुष २०७९ ११:२१ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast