मण्डलामा गुञ्‍जिए निर्भीक

हिमाल प्रेस २६ मंसिर २०७९ २०:१६ | Monday, December 12, 2022
मण्डलामा गुञ्‍जिए निर्भीक कविता वाच्दै निर्भीक।

काठमाडौँ– कवि निर्भीकजंग रायमाझीको एकल वाचन सम्पन्न भएको छ। उद्गार साहित्य समाजको आयोजनामा सोमबार काठमाडौंस्थित मण्डला थिएटरमा उनको एकल वाचन कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा उनले ‘आँखिझ्याल’, ‘बतासको लय’, ‘मेरो टोपी कैलाशको शिरजस्तो छैन’, ‘खीर खाने दिन’लगायत दर्जन कविता सुनाए। कार्यक्रममा कवि तुलसी दिवसले निर्भीकका कवितामा नयाँ र पुरानो पुस्तालाई जोड्ने क्षमता बताए।

यस्तै कवि विप्लव प्रतीकले निर्भीक कविता क्षेत्रमा अथाह सम्भावना भएको सर्जकका रूपमा उदाएको उल्लेख गरे।

निर्भीक पछिल्लो समय पत्रकारितामा समेत संलग्न छन्। उनले अनलाइन खबर र नेपाल समयमा पत्रकारका रूपमा काम गरेका छन्।

प्रकाशित: २६ मंसिर २०७९ २०:१६ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast