काठमाडौँ- मंसिर २२ गतेदेखि भृकुटीमण्डपमा विद्युतीय सामग्रीहरूको प्रदर्शनी हुने भएको छ। नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा हुने ‘फिन इलेक्ट्रो टेक २०२२’ २५ गतेसम्म चल्नेछ।
राठी स्वीच एण्ड केबलको प्रयोजनमा हुने प्रदर्शनीमा इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि, वैकल्पिक ऊर्जालगायत क्षेत्रको उपस्थिति रहनेछ।
प्रदर्शनीमा ७५ स्टल हुने आयोजकले जनाएको छ। जसमा नेपाली तथा बहुराष्ट्रिय कम्पनीहरूका उत्पादन, ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल एवं कन्डक्टर, लाइटिङ, इलेक्ट्रोनिक्स उपकरणलगायत राखिनेछ।
प्रकाशित: १६ मंसिर २०७९ १३:१९ | Friday, December 2, 2022
प्रतिक्रिया



