मंगलबारभित्र सरकार गठनका लागि आह्वान गर्ने राष्ट्रपतिको तयारी

हिमाल प्रेस २ पुष २०७९ ९:१८ | Saturday, December 17, 2022
मंगलबारभित्र सरकार गठनका लागि आह्वान गर्ने राष्ट्रपतिको तयारी राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंगलबारभित्र सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन्।

निर्वाचन आयोगले चुनावी नतिजाको प्रतिवेदन बुझाइसकेको अवस्थामा राष्ट्रपतिले सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने तयारी गरेकी हुन्।

निर्वाचन आयोगले चुनावको अन्तिम परिणाम बुझाएको ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

जसका कारण राष्ट्रपतिले सरकार गठनको लागि आह्वान गर्ने तयारी गरेकी हुन्। उनले तयारी गरेसँगै यता प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सांसदलाई बोलाएका छन्।

आगामी सरकारको गठनका लागि देउवाले सांसदहरुसँग संवाद थालेका हुन्।

प्रकाशित: २ पुष २०७९ ९:१८ | Saturday, December 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast