 
                             
                                            काठमाडौँ- भारतको चर्चित फेसन ब्राण्ड ब्ल्याकबेरी नेपालमा भित्रिएको छ।
पुरुषको फेसनमा चर्चित यो ब्राण्डले काठमाडौँको सिभिल मल र दरबारमार्गमा शोरुम स्थापना गरेको हो। दुवै शोरुममा सुट, ज्याकेट, ट्राउजर, ब्लेजर, टिसर्ट, फुटवेयरलगायत सामग्री पाइने कम्पनीले जनाएको छ।
शोरुम उद्घाटन कार्यक्रममा ब्ल्याकबेरीका सहसंस्थापक नीतिन मोहनले भारतमा जस्तै नेपालमा पनि ब्ल्याकबेरी उत्तिकै सफल हुने विश्वास व्यक्त गरे। उनले चाँडै उपत्यकाका अन्य स्थान र काठमाडौँ बाहिर पनि शोरुम बिस्तार गर्ने बताए। ब्ल्याकबेरीले आफ्ना सामग्री नेपालमा लभिदा ट्रेडिङसँग मिलेर भित्र्याएको हो।
ब्ल्याकबेरी ३० वर्षअघि भारतको दिल्लीबाट सुरु भएको ब्राण्ड हो। ३० वर्षको छोटो अवधिमा यो भारतको चर्चित फेसन ब्राण्ड बनेको छ।
                            प्रकाशित: २९ मंसिर  २०७९ ११:५१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 