बीओकेमा क्लियरिङ चेक मेसिनबाट जम्मा हुने

हिमाल प्रेस १२ पुष २०७९ १८:३७ | Tuesday, December 27, 2022
बीओकेमा क्लियरिङ चेक मेसिनबाट जम्मा हुने

काठमाडौँ- बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)ले क्लियरिङका चेक मेसिनबाट जम्मा गर्ने सेवाको सुरुवात गरेको छ। डिजिटल कारोबारलाई प्रबर्द्धन गर्न अन्य बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएका चेक ‘कियोस्क मेसिन’मार्फत जम्मा गर्न सक्ने प्रविधि सुरु गरेको हो।

यसले ग्राहकको समय बचत हुने र सजिलैसँग सेवा लिन सक्ने बैंकले जनाएको छ। यसमा चेक जम्मा गर्दा भौचर आवश्यक पर्दैन। ग्राहकले चेक सिधै मेसिनमा जम्मा गर्न सक्छन्। मेसिनमा जम्मा गर्नुपर्ने खाता नम्बर, रकम, चेक जारी भएको मिति, चेक जम्मा गर्ने व्यक्तिको नम्बर र क्लियरिङ सेसनको विवरण राखे चेक स्क्यान गरी जम्मा गर्न सकिन्छ।

चेक जम्मा भएपछि मेसिनबाट प्रमाणीकरणको भौचर प्राप्त हुने बैंकले जनाएको छ। यो सेवा तत्काल मुख्य शाखा कार्यालय कमलादीमा राखिएको छ।

प्रकाशित: १२ पुष २०७९ १८:३७ | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast