बिदा नसकिँदै पीएसजी फर्किए एम्बाप्पे

हिमाल प्रेस ६ पुष २०७९ २०:५८ | Wednesday, December 21, 2022
बिदा नसकिँदै पीएसजी फर्किए एम्बाप्पे

काठमाडाैँ- विश्वकप सकिएको तीन दिनपछि नै फ्रेन्च फरवार्ड किलियान एम्बाप्पे क्लबको अभ्यासमा फर्किएका छन्। गत आइतबार राति भएको विश्वकप उपाधि भिडन्तमा फ्रान्स अर्जेन्टिनासँग हारेपछि निराश बनेका एम्बाप्पे विश्राम नलिकनै पेरिस सेन्ट जर्मेन (पीएसजी) फर्किएका हुन्।

फ्रेन्च लिग वानमा यही डिसेम्बर २८ बाट विश्राम सकिँदैछ। त्यसको भोलिपल्ट पीएसजीले आफ्नै मैदानमा स्टार्सब्रोको सामना गर्नेछ। पीएसजीले विश्वकप खेलेका खेलाडीलाई १० दिनका लागि बिदा दिएको थियो। तर विश्वकपका उच्च गोलकर्ता २४ वर्षीय एम्बाप्पे बिदा नमनाई अभ्यासमा फर्किएका हुन्।

‘किलियान एम्बाप्पेले बुधबारबाट अभ्यास सुरु गरेका छन्,’ पीएसजीले सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिएको छ। एम्बाप्पे जनवरीअघि पीएसजी नफर्कने अपेक्षा गरिएको थियो। पीएसजीले उनी विश्वकपपछिको पहिलो खेलका लागि उपलब्ध हुन्छन् वा हुँदैनन् भन्ने जानकारी दिएको थिएन।

प्रकाशित: ६ पुष २०७९ २०:५८ | Wednesday, December 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast