बालकोट पुगेका राउतले भने- प्रचण्डले बोलाएपछि आएँ

हिमाल प्रेस १० पुष २०७९ १५:३७ | Sunday, December 25, 2022
बालकोट पुगेका राउतले भने- प्रचण्डले बोलाएपछि आएँ बालकोटमा राउत। तस्बिर- हिमाल प्रेस

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष सिके राउतेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएपछि बालकोट आएको बताएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा जारी बैठकमा रहेका प्रचण्डले फोन गरेर राउतलाई बोलाएको उनले पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा जानकारी दिए।

बालकोटमा एमाले अध्यक्ष ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाका नेताहरू, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ सरकार गठनका लागि छलफल गरेका हुन्। अहिले राउत पनि बैठकमा सहभागी भएका छन्।

प्रकाशित: १० पुष २०७९ १५:३७ | Sunday, December 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast