बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

हिमाल प्रेस ३ पुष २०७९ १३:३२ | Sunday, December 18, 2022
बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ- बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरिएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आज (आइतबार) सेयरको बाँडफाँट गरिएको हो।

कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरले कुल ५ लाख ५४ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री प्रबन्धकका अनुसार साधारण सेयरमा कुल १२ लाख ५८ हजार ४ सय २१ जनाले आवेदन दिएका थिए। कम्पनीले योग्य ११ लाख ९१ हजार २ सय ८४ मध्ये ५१ हजार ५ सय २२ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ।

निष्कासित सेयरमा २७ हजार ७ सय कित्ता सामूहिक लगानी कोषलाई र ११ हजार ८० कित्ता कर्मचारीलाई बाँडफाँट गरिएको छ। लगानीकर्ताले गत मंसिर २१ गतेदेखि २६ गतेसम्म सेयर खरिदका लागि आवेदन दिएका थिए।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट (मेरो सेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: ३ पुष २०७९ १३:३२ | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast