बागमती मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत

हिमाल प्रेस ८ पुष २०७९ १८:२४ | Friday, December 23, 2022
बागमती मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत प्रदेश प्रमुख शर्मासमक्ष राजीनामा बुझाउँदै मुख्यमन्त्री पाण्डे। तस्बिर- रासस

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको राजीनामा स्वीकृत भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुक्रबार उनको राजीनामा स्वीकृत गरेका हुन्। मुख्यमन्त्री पदबाट पाण्डेको राजीनामा स्वीकृत भए पनि प्रदेशमा नयाँ सरकार गठन नहुँदासम्म हालको मन्त्रिपरिषदको नेतृत्व उनले नै गर्न पाउने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

नेकपा एकीकृत समाजवादीका नेता पाण्डे सत्तागठबन्धनको उम्मेदवारका रूपमा धादिङ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई शपथ लिइसकेका छन्।

प्रकाशित: ८ पुष २०७९ १८:२४ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast