हेटौंडा– बागमती प्रदेशको प्रदेशसभा बैठक पुस १८ गते बस्ने भएको छ। सरकारले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष उक्त मितिमा बैठक बस्नका लागि सिफारिस गरेको छ।
बागमती मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम सिफारिस गरेअनुसार सभाको ११ औँ बैठक दिनको १ बजे बस्ने प्रदेश प्रमुख सचिवालयका सचिव ओमबहादुर खड्काले जानकारी दिए।
मन्त्रिपरिषद्को परामर्शमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले बैठक आह्वानका लागि सिफारिस गरेका हुन्।
प्रकाशित: १४ पुष २०७९ १८:११ | Thursday, December 29, 2022
प्रतिक्रिया




