बाँकेमा बढ्यो चिसो, जनजीवन कष्टकर

हिमाल प्रेस १४ पुष २०७९ १२:०० | Thursday, December 29, 2022
बाँकेमा बढ्यो चिसो, जनजीवन कष्टकर

बाँके- तीन दिनदेखि चिसो ह्वात्तै बढेपछि बाँकेलगायत पश्चिम तराइको जनजीवन कष्टकर बनेको छ। बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ।

बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ। चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ। सडकमा सवारीसाधन न्यून चलेका छन्। नेपालगञ्जमा बिहानैदेखि हुस्सु र कुहिरोले अत्यधिक चिसो भएको स्थानीय रामसुहावन यादवले बताए। चिसोले घरबाहिर निस्किन नसकिएको उनको भनाइ छ।

चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन्। उनीहरू काममा जान पाएका छैनन्। चिसोले काम गर्न जान नपाएको बाँकेको डुडुवा गाउँपलिका-४ का रामदिन गोडियाले बताए। आगो बालेर यहाँका नागरिकले न्यानो लिइरहेका छन्।

चिसोले बिहान आवतजावत गर्ने विशेष गरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित छन्। चिसोकै कारण दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायतका बिरामी बढेका छन्।

प्रकाशित: १४ पुष २०७९ १२:०० | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast