बढ्न थाल्यो अण्डाको मूल्य

हिमाल प्रेस ३ पुष २०७९ ९:२५ | Sunday, December 18, 2022
बढ्न थाल्यो अण्डाको मूल्य फाइल तस्बिर

चितवन- लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ। बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा ९एक क्रेट० को ३६० रूपैयाँ तय गरिएको हो। नेपाल लेयर्स कुखुरापालक संघको बैठकले बिक्री मूल्य तय गरेको हो।

यसअघि अण्डाको मूल्य प्रतिक्रेट ३०० रूपैयाँमा बिक्री हुँदै आएको थियो। संघका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट ४३५ पर्न आउँछ। उनले भने, ‘पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो ३० हुँदा अण्डा प्रतिक्रेट तीन सय रूपैयाँमा बिक्री हुन्थ्यो। अहिले दाना प्रतिकिलो ६५ रूपैयाँ पर्दा अण्डाको मूल्य उस्तै छ।’

औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उनको भनाइ छ। हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएको छ। अण्डाको महत्त्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन्।

प्रकाशित: ३ पुष २०७९ ९:२५ | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast