बझाङ : ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

हिमाल प्रेस १२ पुष २०७९ ८:५० | Tuesday, December 27, 2022
बझाङ : ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु सांकेतिक तस्बिर।

बझाङ- बझाङमा सोमबार राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

बझाङको छविसपाथीभेरा गाउँपालिका-५ थलारामा से २ त २३४३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्नाको ज्यान गएको हो।

उनीहरूको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए। झोलुंगे पुलको सामान लिएर गएको ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ पुष २०७९ ८:५० | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast