फौजदारी संहिता अध्यादेश फिर्ता नगरे सडकमा आउने अनेरास्ववियुको चेतावनी

हिमाल प्रेस २६ मंसिर २०७९ २१:२६ | Monday, December 12, 2022
फौजदारी संहिता अध्यादेश फिर्ता नगरे सडकमा आउने अनेरास्ववियुको चेतावनी

काठमाडौँ– नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारले आइतबार ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता अध्यादेशको विरोध गरेको छ। अनेरास्ववियुले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको उक्त अध्यादेशको विरोध गरेको हो।

राष्ट्रपतिसमक्ष पेश भएको सो विधेयक फिर्ता लिन पनि संगठनले सरकारसँग माग गरेको छ। ‘देश प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गरी नयाँ जनादेश प्राप्त संसद्‌को शपथ ग्रहण तथा प्रथम बैठकको सम्मुखमा उभिएको अवस्थामा निर्वाचन सम्पन्न गर्ने एक मात्र जिम्मेवारी प्राप्त कामचलाउ सरकारले ल्याएको अध्यादेशप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ संगठन अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संसदको पहिलो बैठक बस्ने अवस्थामा काम चलाउ सरकारले अध्यादेश ल्याइनु स्वार्थपूर्ण सत्ताकेन्द्रित कदम भएको अनेरास्ववियुको ठहर छ। ‘ताजा जनादेश आएर नयाँ सरकार बन्ने अवस्था आइसकेको बेला देउवा सरकारले दीर्घकालीन असर पर्ने निणर्यले संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको धज्जी उडाएको छ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारले अध्यादेश फिर्ता नलिए अनेरास्ववियु सडक आन्दोलनमा आउने पनि विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २६ मंसिर २०७९ २१:२६ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast