प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई मोदीको बधाई

हिमाल प्रेस ११ पुष २०७९ ७:५६ | Monday, December 26, 2022
प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई मोदीको बधाई

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्।

भारतीय प्रधानमन्त्रीले आइतबार साँझ सामाजिक सञ्जाल ट्विटरमा प्रचण्डलाई बधाई दिएका हुन्। मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यायो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यो खालको मित्रतालाई अझ मजबुत बनाउन नेपालसँग मिलेर काम गर्ने बताएका छन्।

‘सीएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा हार्दिक बधाई’, मोदीले लेखेका छन्, भारत र नेपालबीचको अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यानो सम्बन्धमा आधारित छ। यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु।’

प्रकाशित: ११ पुष २०७९ ७:५६ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast