प्रधानमन्त्री प्रचण्डलाई श्रीलंकाका राष्ट्रपतिले दिए बधाई

हिमाल प्रेस १५ पुष २०७९ २०:२२ | Friday, December 30, 2022
प्रधानमन्त्री प्रचण्डलाई श्रीलंकाका राष्ट्रपतिले दिए बधाई

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंगेले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। शुक्रबार दुई नेताबीच भएको टेलिफोनवार्तामा उनले प्रचण्डलाई बधाई दिएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रीलंकाका राष्ट्रपतिले प्रधानमन्त्रीमा निर्वाचित प्रचण्डलाई बधाई दिएका हुन्। उनीहरूबीच दुई देशबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा महत्त्वपूर्ण छलफल भएको सचिवालयले जनाएको छ।

टेलिफोन वार्तामा राष्ट्रपति विक्रमासिंगेले प्रधानमन्त्री प्रचण्डको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डलाई विभिन्न देशका सरकार प्रमुख एवम् राष्ट्रप्रमुखले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको कामना जारी राखेका छन्।

प्रकाशित: १५ पुष २०७९ २०:२२ | Friday, December 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast