प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीको बधाई सन्देश

हिमाल प्रेस १५ पुष २०७९ १८:५६ | Friday, December 30, 2022
प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीको बधाई सन्देश

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपाल सरकार र नेपाली जनताप्रति आफूको पूर्णसाथ रहने बताएका छन्।

नवगठित सरकारका प्रधानमन्त्रीलाई एक सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले वर्तमान सरकार पूर्ण रूपमा सफल हुने कामना गरेका छन्। प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटका लागि पुगेका काठमाडौँस्थित चिनियाँ दूतावासका कार्यबाहक राजदूत वाङ सिङले चिनियाँ प्रधानमन्त्रीको सन्देश उपलब्ध गराएका छन्।

‘तपाईंको नेतृत्वमा गठन भएको सरकारले नेपालको आर्थिक विकासका सम्बन्धमा गर्ने प्रयासमा चीनले साथ दिनेछ,’ सन्देशमा उल्लेख छ।

दुई देशबीच लामो समयदेखि पृथक द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै बधाई सन्देशमा त्यसलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्। शुक्रबारमात्रै काठमाडौँ भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गरेका थिए।

प्रकाशित: १५ पुष २०७९ १८:५६ | Friday, December 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast