प्रधानमन्त्री प्रचण्डलाई भारतीय राजदूतले दिए मोदीको बधाई पत्र

हिमाल प्रेस १५ पुष २०७९ १३:२८ | Friday, December 30, 2022
प्रधानमन्त्री प्रचण्डलाई भारतीय राजदूतले दिए मोदीको बधाई पत्र

काठमाडौँ- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। शुक्रबार बालुवाटारमा भएको भेटवार्तामा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका थिए।

साथै भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउनेबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रकाशित: १५ पुष २०७९ १३:२८ | Friday, December 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast