प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक चितवन पुगे प्रचण्ड

हिमाल प्रेस १६ पुष २०७९ १२:४५ | Saturday, December 31, 2022
प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक चितवन पुगे प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक उनले गृहजिल्ला चितवन पुगेका छन्।

प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव (६०औँ वार्षिकोत्सव समारोह) उद्घाटन गर्न चितवन पुगेका छन्। हीरक महोत्सवमा सहभागी भई उनी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।

विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालय गुणस्तर मापन केन्द्रको परीक्षणमा देशकै दोस्रो विद्यालय हो । हालै गरिएको परीक्षणमा १०० अंकमा ९३.०५ अंक प्राप्त गरी दोस्रो भएको उनले बताए।

विसं २०२० जेठ ६ गते रात्रिकालीन विद्यालयबाट पठनपाठन सुरु गरेको यस विद्यालयमा हाल तीन हजार पाँच सय ७० विद्यार्थी अध्ययनरत छन्। प्रधानमन्त्री दाहालले विद्यालयको हीरकद्वारको उद्घाटन, हीरक स्तम्भको अनावरण, स्मारिका विमोचन, नवनिर्मित भवनको शिलन्यास, विज्ञान प्रदर्शनी र खाना महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ। दाहाल भरतपुर महानगरपालिका वडा नं १४ निवासी हुन्।

प्रकाशित: १६ पुष २०७९ १२:४५ | Saturday, December 31, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast