प्रधानमन्त्रीलाई भेटेलगत्तै ओली भेट्न बालकोट पुगे गृहमन्त्री लामिछाने

हिमाल प्रेस १६ पुष २०७९ १२:२२ | Saturday, December 31, 2022
प्रधानमन्त्रीलाई भेटेलगत्तै ओली भेट्न बालकोट पुगे गृहमन्त्री लामिछाने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटेलगत्तै गृहमन्त्री रवि लामिछाने बालकोट पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग शनिबार बिहान छलफल गरेपश्चात एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका हुन्।

उनले एमाले ओलीलाई भेट्नुलाई सत्ता समन्वय र पछिल्लो समय वरीयता विवाद बारे छलफल गर्न भन्ने बुझिएको छ। ओली प्रचण्ड नेतृत्वको ‘सत्ता गठबन्धन’को संयोजक छन्। मन्त्रिपरिषद्मा वरीयता नमिलेको भन्दै पछिल्लो समय उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन्।

मन्त्रिपरिषद्मा उपप्रधान एवं अर्थमन्त्री दोस्रो दर्जामा छन्। एमालेका उपाध्यक्ष समेत रहेका पौडेललाई पछि पारेर आफूलाई अगाडि राख्नुपर्ने श्रेष्ठको अडान छ। यसै विषयमा पनि ओलीसँग छलफल हुने जनाइएको छ।

ओली र लामिछानेबीच सरकारका नीति तथा कार्यक्रम, प्रधानमन्त्रीको विश्वासको मत, मन्त्रीमण्डल विस्तार र शक्ति बाँडफाँडको विषयमा छलफल भइरहेको छ।

प्रकाशित: १६ पुष २०७९ १२:२२ | Saturday, December 31, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast