प्रदेश १ : माओवादी संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत

हिमाल प्रेस १२ पुष २०७९ १६:१२ | Tuesday, December 27, 2022
प्रदेश १ : माओवादी संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत इन्द्रबहादुर आङ्बो।

इटहरी- प्रदेश नं. १ को प्रदेशसभामा माओवादी केन्द्रले इन्द्रबहादुर आङ्बोलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ। पाँचथर क्षेत्र नं १ (ख) बाट निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका आङ्बो दलको नेतामा सर्वसम्मत चयन भएका हुन्।

माओवादी केन्द्रका ज्येष्ठ प्रदेश सांसद नारायणबहादुर मगरको अध्यक्षतामा मंगलबार (आज) बसेको बैठकले दलको नेतामा आङ्बोलाई चयन गरेको हो। माओवादी केन्द्रले प्रदेश १ मा १३ जना प्रदेश सांसद जितेको छ। प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीले दाबी गरिररहेको बताइएको छ।

प्रकाशित: १२ पुष २०७९ १६:१२ | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast