काठमाडौँ- प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला पक्षका प्रदेश सांसद उद्धव थापा निर्वाचित भएका छन्।
दलको नेतामा उम्मेदवारी दर्ता गराएका तीन जनामध्ये थापाले १८ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
कांग्रेस प्रदेश सभापति थापा समानुपातिबाट प्रदेश सांसद भएका हुन्।
संस्थापन इतर शेखर कोइराला पक्षका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले ९ र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद अमृत अर्यालले २ मत प्राप्त गरेका छन्।
प्रकाशित: १५ पुष २०७९ १०:२८ | Friday, December 30, 2022
प्रतिक्रिया




