प्रदेश १ : कांग्रेस संसदीय दलको नेता छान्न पुस १५ गते निर्वाचन

हिमाल प्रेस १२ पुष २०७९ १६:०७ | Tuesday, December 27, 2022
प्रदेश १ : कांग्रेस संसदीय दलको नेता छान्न पुस १५ गते निर्वाचन

इटहरी- नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता चुन्नका लागि पुस १५ गते निर्वाचन हुने भएको छ। सहमतिको सम्भावना टरेपछि पुस १५ गते निर्वाचनबाट दलको नेता छान्नका लागि निर्वाचन हुने भएको हो। यसअघि संसदीय दलको नेता छान्न राष्ट्रियसभा सदस्य तथा कांग्रेस प्रदेश १ उपसभापतिसमेत रहेका रमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ।

कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा प्रदेश सभापति उद्धव थापासँगै प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, पार्टी केन्द्रीय सदस्यद्वय अमृत अर्याल र भीम पराजुली आकांक्षी छन्। प्रदेश १ को प्रदेशसभामा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकबाट १३ जना गरी २९ सांसद रहेका छन्।

प्रकाशित: १२ पुष २०७९ १६:०७ | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast