प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना

हिमाल प्रेस १ पुष २०७९ ७:३५ | Friday, December 16, 2022
प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना फाइल तस्बिर

काठमाडौँ- प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुने भएको छ।

वातावरण विभागले गएको मंसिर २२ गते सूचना निकालेर प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई पुस १ गते अर्थात आजदेखि जरिबाना गर्ने जनाएको थियो।

पछिल्लो समयमा काठमाण्डौ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निस्कासनको अवस्था अन्त्यन्तै दयनीय पाइएको वातावरण विभागले जनाएको छ।
छड्के जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तीर्ण हुने गाडिलाई जरिबाना गरिने विभागले जनाएको छ।

वायु प्रदूषण नियन्त्रण गर्न सरकारले मापदण्ड भन्दा धेरै धुवाँ फ्याक्ने गाडीमाथि कारबाही गर्न लागेको हो। वातावरण विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार आजदेखि छड्के जाँच हुनेछ।

वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१ उपदफा २ मा मापदण्ड भनदा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिबाना हने र सवारी ममर्मत गरी प्रदूषण जाँपास गराएर मात्र सञ्चालनमा ल्याउन पाइने व्यवस्था छ।

वायु प्रदूषणको मुख्य कारण गाडिबाट निस्कने धुँवा र खुल्ला रुपमा जलाउने फोहोर रहेको भन्दै गाडिधनीलाई मापदण्डको पालना गर्न विभागले अनुरोध गरेको छ।

प्रकाशित: १ पुष २०७९ ७:३५ | Friday, December 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast