प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले लिए शपथ

हिमाल प्रेस ६ पुष २०७९ १५:०४ | Wednesday, December 21, 2022
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले लिए शपथ

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार) संघीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा जबरालाई शपथ गराइएको हो।

नागरिकताको प्रमाणपत्रअनुसार ज्येष्ठ सदस्य राणाको जन्म १९९८ मंसिर २४ गते रहेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ।

सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरू सदस्यलाई शपथ दिलाउनुपर्छ। सो व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य जबराले नयाँ बानेश्वरस्थित संसद् भवनमा नव निर्वाचित अन्य सदस्यलाई बिहीबार दिनको १ बजे शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ।

नेपालको संविधानअनुसार संघीय संसद्का सदस्यले सदन वा त्यसको कुनै पनि समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्छ भन्ने व्यवस्था छ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा ११० गरी २७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

प्रकाशित: ६ पुष २०७९ १५:०४ | Wednesday, December 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast