प्रचण्ड नेतृत्वको सरकारमा यी हुन् नयाँ अनुहार

हिमाल प्रेस ११ पुष २०७९ १६:५३ | Monday, December 26, 2022
प्रचण्ड नेतृत्वको सरकारमा यी हुन् नयाँ अनुहार

काठमाडौँ- नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भई सोमबार (आज) राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिइसकेका छन्।

प्रचण्ड नेतृत्वको सरकारमा सोमबार उपप्रधानमन्त्रीसहित ४ जना सरकारमा सहभागी हुने भएका छन्। जसमा उपप्रधानसहित मन्त्री बन्नेमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने छन्। यस्तै जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान मन्त्री बनेका छन्।

जसमा लामिछाने र खान सरकारमा नयाँ अनुहार हुन्। प्रचण्ड नेतृत्वको सरकारमा सहभागी जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी हालै सम्पन्न निर्वाचनबाट राष्ट्रिय पार्टी बनेका हुन्।

यस सरकारमा लामिछाने गृह मन्त्री, अब्दुल खान भने मन्त्री मात्रै भएका छन्। उनलाई कुनै जिम्मेवारी तोकिएको छैन। यी दुवै नयाँ अनुहार हुन्। एमालेका ज्वाला साह, दामोदर भण्डारी, राजेन्द्र राई‍ पनि मन्त्रीका रुपमा नयाँ अनुहार हुन्।

 

प्रकाशित: ११ पुष २०७९ १६:५३ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast