काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने भएका छन्।
श्रेष्ठलाई उपप्रधानसहितको मन्त्री दिने तयारी छ। श्रेष्ठलाई मन्त्री बनाउने निर्णय माओवादीको पदाधिकारी बैठकले गरेको हो।
माओवादीबाट अरू क-कसलाई मन्त्री बनाउने खुलेको छैन। उपमहासचिव वर्षमान पुन, अमनलाल मोदी, रेखा शर्मालगायतलाई मन्त्री बनाउने तयारी रहेको छ।
प्रकाशित: ११ पुष २०७९ १०:४१ | Monday, December 26, 2022
प्रतिक्रिया





